आइतबार, भदौ २१, २०८३

आफ्नै कारणले नेकपा असफल भयो : महन्थ ठाकुर

ठाकुरले झण्डै दुई तिहाइ बहुमत ल्याएर पनि नेकपाले स्थायित्व दिन नसकेको भन्दै आफ्नै कारणले नेकपा असफल भएको टिप्पणी गरे। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सुरक्षित हुन असंवैधानिक कदम चालेको बताएका छन्।

पार्टीले काठमाडौंमा आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘संविधानका विषयमा त हाम्रो सुरुदेखि नै असन्तुष्टि थियो,’ उनले भने, ‘सत्ताधारीहरुको छलकपटले त्यतिखेर बनाइएको संविधान हो।’ 

ठाकुरले झण्डै दुई तिहाइ बहुमत ल्याएर पनि नेकपाले स्थायित्व दिन नसकेको भन्दै आफ्नै कारणले नेकपा असफल भएको टिप्पणी गरे। 

संसद् विघटन गर्ने दिनमा प्रधानमन्त्रीले सरकार चलाउन पार्टीका साथीहरुले नदिएको बताएकाले नेकपाले बहुमतको कदर गर्न नसकेको उनको भनाइ छ। 

‘अब फेरि राष्ट्रवादीको नारा लाग्छ, उग्र रुपमा राष्ट्रवादको नारा लगाउने ठाउँमा अस्थिरता निम्तिने गरेको छ,’ उनले भने, ‘त्यो अवस्था यहाँ नहोस् अहिले भन्ने हो।’
 

प्रकाशित: Jan 05, 2021| 13:11 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।