जनकपुरधाम– नेकपा दाहाल–नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेता सत्यनारायण मण्डललाई कारबाही गरेको छ।
संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई कारबाही गरी संसदीय दलको नेताबाट हटाएको हो। मण्डल ओली समूहको प्रदेश २ इन्चार्ज हुन्।
प्रदेशसभामा नेकपाका ३२ सदस्य छन्। तीमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन्।
बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ। प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुंगेली छन्।
बैठकलगत्तै नेकपाका प्रदेशसभा सदस्यहरुले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन्।