भैरहवा। रुपन्देहीमा माघी महोत्सव हुँदैछ।
२७ पुसदेखि रुपन्देहीको मायादेवी गाउँपालिका-८, मतखोलामा महोत्सव सुरु हुने थारु कल्याणकारी सभाकी जिल्ला सचिव सरिता चौधरीले जानकारी दिइन्।
महोत्सव स्थानीय जनचेतना आधारभूत विद्यालय परिसरमा हुनेछ।
थारु कल्याणकारी सभाका जिल्ला सभापति सतिष चौधरीले महोत्सवमा थारु समुदायको सांस्कृतिक झाँकी, भेषभूषा प्रदर्शन हुने बताए। साथै थारू समुदायका परम्परागत खानाका परिकारहरू समेत प्रदर्शन गरिने उनकाे भनाइ छ।
थारु समुदायले नयाँ वर्षको रूपमा माघीलाई लिने गर्दछन्।