आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली समूहले अदालत र आयोगमा सेटिङ मिलाएको छ भन्ने लाग्दैन : नारायणकाजी श्रेष्ठ

ओली समूहले अदालत र आयोगमा सेटिङ मिलाएको छ भन्ने लाग्दैन : नारायणकाजी श्रेष्ठ

हामी ढुक्क छौं, संविधानअनुसार प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ। पार्टीको नाम र चुनाव चिह्न हामीसितै आउँछ। यसमा कसैले दुविधा नमाने हुन्छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

अग्रगमन, क्रान्तिकारी र पश्चमगमनबीचको अन्तरविरोध हो भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रस्ट पारिसकेका छन्। ओलीबाट प्रतिगामी षड्यन्त्रलाई अगाडि बढाउने काम भएको छ।

नेकपाका तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीकै कारण अन्तरविरोध भयो। त्यो समाधान हुन पाएन। अनि प्रधानमन्त्रीबाट संविधान, लोकतन्त्र र गणतन्त्र मास्ने काम भयो।

हामी ढुक्क छौं, संविधानअनुसार प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ। पार्टीको नाम र चुनाव चिह्न हामीसितै आउँछ। यसमा कसैले दुविधा नमाने हुन्छ। राजनीतिक दलसम्बन्धी कानुनअनुसार पनि हामी आधिकारिक हुनेछौं। हाम्रो नेतृत्व नै विधिवत् पार्टी हो। 

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्न सक्ने अधिकार दिएको छैन। ओली र उहाँको समूहका नेताहरूलाई थाहा नभएको हो त? उहाँहरुलाई पनि थाहा छ नि। 

संसद्ले सरकार बन्न सक्ने स्थिति भएन वा विश्वासको मत लिन नसक्ने अवस्था भयो भने मात्रै हो संसद् विघटन हुने। त्यस्तो अवस्थामा मात्र ससद् विघटन हुन सक्ने संविधानमा लेखिएको छ। 

प्रचार गरेकै आधारमा अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाइएको भन्ने हुँदैन। हामी त्यसमा विश्वास गर्दैनौं। संवैधानिक अंगले स्वतन्त्र रुपले काम गर्न सक्छन्। कसैको गुटले दबाब दिएर काम गर्छन् भन्ने लाग्दैन।

संवैधानिक अंगलाई अप्ठ्यारोमा पारेर कसैले काम गर्छु भन्ने नसोचे पनि हुन्छ। जनताले त्यसलाई निस्तेज पार्नेछन्।
संयुक्त आन्दोलनका बारेमा सबैसित छलफल गरिरहेका छौ। पहल जारी राखेका छौं।

अहिलेको कदमलाई कसैले पनि सवैधानिक भनेका छैनन्। संविधान, लोकतन्त्र र पार्टी संगठनबारे सत्यका पक्षमा रहेको हाम्रो समूहले कुनै रणनीति बनाइरहनु परेन।

हामीले कसैलाई सत्तामा पुर्‍याउन, प्रधानमन्त्री वा मन्त्री मुख्यमन्त्री बनाउन पार्टी एकता गरेका होइनौं।

हामीले २००७ सालदेखिको कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउन र समाजवाद निर्माण गर्नका लागि एकीकरण गरेका हौं। अबको बाटो शान्तिपूर्ण तरिकाले अगाडि बढाउनकै लागि हामीले एकता गरेका हौं। 

पार्टी एकतालाई अहिले विधि र पद्धतिविहीन बनाउने, सरकारलाई कमजोर बनाउने, नेकपाले प्राप्त गरेको अवसर गुम्ने खतरा भयो भनेर नै हामीले आन्तरिक संघर्ष गरेका थियौं। 

(राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा  नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता श्रेष्ठले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित: Jan 05, 2021| 09:24 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।