आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, अदालतमा बहस गर्न तयार छु : पौडेल  

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, अदालतमा बहस गर्न तयार छु : पौडेल  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको बताएका छन्। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको बताएका छन्। 

जनता समाजवादी पार्टीले मंगलबार राजधानी आयोजना गरेको अन्तरक्रियामा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदै नभएको विशेषाधिकार भनेर संसद् विघटन गरेको बताए। 

ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सर्वोच्च अदालतले सच्चाउनुपर्ने पौडेलको भनाइ छ।  

संविधान निर्माणका क्रममा भएका छलफल स्मरण गर्दै पौडेलले आवश्यक परे सर्वोच्च अदालतमा आफू बहस गर्न तयार रहेको बताए। 

‘संविधान निर्माण हुँदा छलफल गर्ने हामी नै हौं। हाम्रो राजनीतिक प्रणाली कस्तो हुने भनेर छलफल भएको थियो। तत्कालीन माओवादीले कार्यकारी राष्ट्रपति, एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव ल्याएका थिए,’ उनले भने, ‘मैले समावेशी लोकतन्त्रको अभ्यास गरौं र संसद् विघटन हुने अतीतका तिता अनुभव हेरौं भने। त्यसपछि संसद् विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नदिने सहमति भएको हो र यो व्यवस्था संविधानमा छ। अदालतमा बहस गर्नुपर्छ भने म तयार छु।’  

उनले प्रधानमन्त्रीलाई काम गर्न दिन दुई वर्षअघि अविश्वासको प्रस्ताव राख्न नपाइने र प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुने गरी संविधान निर्माण गरिएको बताए। 

‘कुनै पनि अवस्थामा विघटन गर्ने कुरा संविधानले कल्पना गरेको छैन। यो संविधान बनाउँदाका अनुभव, भएका छलफल र सहमतिका दलिल न्यायमूर्तिसामु राख्नुपर्छ भने म तयार छु,’ उनले भने, ‘अहिले तथाकथित विशेषाधिकार भनेर ओलीले संसद् विघटन गर्नुभएको छ। यसलाई अदालतले सच्चाउनुपर्छ। हामी अदालतलाई सम्मान गर्छाैं। भरोसा र अपेक्षा राख्छौं। फैसलाको हकमा प्रश्न गर्न पाइँदैन तर फैसला हुनुअघि वकलात गर्न पाइन्छ।’

पौडेलले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद् पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको बताए। उनले ओलीको कदमविरुद्ध कांग्रेसले वडासम्म विरोधका कार्यक्रम सार्वजनिक गरेको बताए। 

आन्दोलनलाई बृहत् बनाउन प्रदेश र राजधानी केन्द्रित गर्नुपर्ने अवस्था आउन सक्ने पौडेलको भनाइ थियो। 

प्रकाशित: Jan 05, 2021| 09:03 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।