काठमाडौं– मेरी स्टोप्स् नेपालले निःशुल्क हेल्पलाइन नम्बर सुरु गरेको छ।
मेरी स्टोप्सले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न हेल्पलाइन नम्बर ११४३ सुरु गरेको हो।
उक्त नम्बरबाट प्रदान गरिने सेवाले महिलालाई आफ्नो रोजाइमा प्रजनन् सम्बन्धी निर्णय लिन सहयोग गर्ने मेरी स्टोप्सले विश्वास लिएको छ।
मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
११४३ मार्फत काउन्सिलरसँग कुरा गर्न सकिने छ। यो सेवा हरेक दिन बिहान ७ बजेदेखि राती १२ बजेसम्म खुला रहने छ।
सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैरसरकारी संस्था हो। सुनौलो परिवार नेपालले मेरी स्टोप्स् नेपालको साझेदार संस्थाको रुपमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्छ।