बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भारतीय भूमिमा गोली लागेका नरेश भन्छन्, भागेर ज्यान जोगाएँ (भिडियाेसहित)

भारतीय भूमिमा गोली लागेका नरेश भन्छन्, भागेर ज्यान जोगाएँ (भिडियाेसहित)

'बल्लतल्ल उठेर दौडिएँ। फेरि पटाका पड्केको जस्तो आवाज आयो।’
 |  मंगलबार, पुस २१, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

मंगलबार, पुस २१, २०७७

vianetvianet

धनगढी– कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का १७ वर्षीय नरेश सुनार सोमबार साँझ सीमावर्ती भारतीय बजार गौरीकोटबाट फर्कंदै थिए।

Kumaribank

उनले साथमा चामल, दाल, चिनी र प्याज बोकेका थिए। घरतर्फ आउँदै गर्दा बाटामा रुख ढालिएको रहेछ। उनी त्यति वास्ता नगरी खुरुखुरु अघि बढे।

अकस्मात् उनीमाथि कसैले डण्डा बर्सायो। उनी भुइँमा पछारिए। सुनारले भने,  'बल्लतल्ल उठेर दौडिएँ। फेरि पटाका पड्केको जस्तो आवाज आयो।’ त्यसपछि आफू निकै अत्तालिएकाे उनले बताए। अघिअघि रहेका एक जना साथी पर पुगिसकेका थिए।

कसोकसो गरेर उनी उठेर भागे। सुनारले भने, ‘त्यति बेलासम्म मेरो खुट्टामा गोली लागिसकेको रहेछ। मलाई निकै दुख्न थाल्यो।’ 

उनले कसले किन गोली चलाएको भन्नेबारे आफूलाई केही थाहा नभएको बताए।

Metro Mart

मैले यतिमात्र देखें, ‘१०–१२ जना थिए। मलाई गोली हानेर अन्यत्र लागे।’ सायद उनीहरू रूख काट्ने व्यक्तिको खोजीमा लागेको हुन सक्ने सुनारको भनाइ छ।

उनले भने, ‘अनि म भागेर पूर्णागिरी स्कुल पुगें। बल्ल बाँच्छु भन्ने लाग्यो। अंकल (गोकुल चन्द) को फोन आयो। गोली लागेको छ लिन आउनुस् भनें।’ त्यसपछि उनलाई अस्पताल लगिएको थियो।

सुनारको अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ। सुनारको घरबाट सीमावर्ती भारतीय बजार आधा घण्टाको दूरीमा पर्छ।

उनलाई कसले गोली हान्यो भन्ने विषयमा अनुसन्धान भइरहेको कञ्चनपुर प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अम्मर थापाले घटनाबारे जानकारी पाएपछि तत्काल स्थलगत अनुसन्धानका लागि प्रहरी टोली खटिएको बताए।

प्रहरीका अनुसार भारतीय सुरक्षा बल एसएसबीले आफ्ना तर्फबाट गोली नचलाएको दाबी गरेको छ।

प्रहरी नायब उपरीक्षक अम्मर थापाले भने, ‘घटनाबारे हामीले एसएसबीसँग बुझ्यौं। उनीहरूले आफूहरूका तर्फबाट गोली नचलेको बताएका छन्।’

भारतीय वनरंक्षकले गोली चलाएको हो कि भन्ने विषयमा बुझ्ने प्रयास भइरहेको उनले बताए।

प्रहरीले सुनारसँगै रहेका युवकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेकाे जनाएकाे छ।

प्रकाशित: Jan 05, 2021| 07:23 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।