आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालीमाथि भएको गोली प्रहारको घटनामा कमल थापाले गराए सरकारको ध्यानाकर्षण

नेपालीमाथि भएको गोली प्रहारको घटनामा कमल थापाले गराए सरकारको ध्यानाकर्षण

सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाकाे राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले भर्त्सना गरेका छन्।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं- सीमा क्षेत्रमा एक नेपालीमाथि गोली प्रहार गरी घाइते बनाएको घटनाकाे राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले भर्त्सना गरेका छन्।

उनले सो घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।’

सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर  दोधाराचाँदनी-१ का अन्दाजी १७ वर्षीय नरेश सुनार घाइते भएका थिए।

 

प्रकाशित: Jan 05, 2021| 06:20 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।