आइतबार, भदौ २१, २०८३

साझा प्रकाशनमा निर्वाचन सुरु

साझा प्रकाशनको पुस २५ गते तय गरिएको २४औं साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिको अध्यक्षमा निर्वाचन सुरु भएको छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं। साझा प्रकाशनको पुस २५ गते तय गरिएको २४औं साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिको अध्यक्षमा निर्वाचन सुरु भएको छ।

अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो।

अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा. विजय सुब्बा र डा. जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन्। 

सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा निर्विरोध निर्वाचित भएका छन्। 

सदस्यमा उम्मेदवारी दिएका वियोगी बुढाथोकी, ज्ञानु अधिकारी र यशोदा अधिकारीले सहमतिमा उम्मेदवारी फिर्ता लिएका थिए। 

निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईका अनुसार पुस २१ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचनका लागि समय निर्धारण गरिएको छ। 

कुल एक हजार ४५७ अंशियार (शेयर सदस्य) रहेको भाषा–साहित्यको सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलोपटक निर्वाचन हुन लागेको हो।

विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति हुने गरेको थियो। यसैगरी लेखा सुपरीवेक्षण समितिका एक संयोजक र दुई सदस्यका लागि पनि निर्वाचन हुनेछ।

संस्थाको कुल ९ सदस्यीय सञ्चालक समितिमा अर्थ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र विषयगत मन्त्रालयबाट एक/एक सहसचिव रहने छन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ। रासस

प्रकाशित: Jan 05, 2021| 05:31 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।