आइतबार, भदौ २१, २०८३

करेन्ट लागेर जंगली भालुको मृत्यु

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जंगलमा हाइटेन्सन भोल्टेज विद्युत् तारको करेन्टका कारण जंगली भालुको मृत्यु भएको छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

उदयपुर- उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जंगलमा हाइटेन्सन भोल्टेज विद्युत् तारको करेन्टका कारण जंगली भालुको मृत्यु भएको छ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जंगलमा एक भालुको मृत्यु भएको हो।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत‍्काे तार चुरे जंगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जंगली भालु मृतावस्थामा भेटिएको बताए। 

नांगो तार र चिसो जमिन तथा हरियो रुखबिरुवा तारमा जोडिने गरेका कारण जंगल क्षेत्रमा विद्युत‍्काे उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक-पटक भएको सहायक वन अधिकृत शर्माले बताए।

समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि हुन सक्ने कटारी त्रिवेणीका स्थानीयवासी घनश्याम कार्कीले बताए। रासस

प्रकाशित: Jan 05, 2021| 02:23 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।