आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्षको निर्देशनमा वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

अध्यक्षको निर्देशनमा वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको छ। 

लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका ७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो। 

आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गरेकी छन्। 

आश्रममा आफू बस्दै आएको कोठाबाट आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीको निर्देशनमा समितिका केही व्यक्तिले निकालेको वृद्धाले प्रजिअसमक्ष गुनासो पोखेकी थिइन्।  

‘म बिरामी भएर थलिएकी छु, उहाँहरुले आश्रमबाट पटकपटक निक्लिएर जा भनेर दबाब दिनुभयो, म कहाँ जाने, कुनै ठाउँ छैन, केही दिन चिनेजानेकाको शरणमा परेँ, अति भएपछि न्याय पाउँछु की भनेर हजुरसमक्ष आएकी हूँ’, प्रजिअ समक्ष पौडेलले रुँदै भनेकी छन्। 

आफन्त र संरक्षकसमेत नभएकी पौडेलले गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने र निःशुल्क खाने गर्दै आएकी थिइन्। 

केही समयदेखि बिरामी भएपछि शरीर काँप्ने समस्याले आश्रममै आराम गरेर बस्दै आए पनि त्यहाँ कार्यरत केही कर्मचारीले अध्यक्षले आश्रममा नराख्न भनेको र निस्कन बारम्बार दबाब दिएपछि आफूलाई आश्रमबाट निकालिएको पौडेलको गुनासो छ। 

वृद्धा पौडेलको गुनासो सुनेलगत्तै प्रजिअ अधिकारीले आश्रमका अध्यक्ष केसीलाई फोन सम्पर्क गरेका थिए।  सो क्रममा प्रजिअ अधिकारीले अध्यक्ष केसीलाई कुनै पनि बहानामा वृद्धालाई आश्रमबाट निकाल्ने जस्तो गैरजिम्मेवार काम नगर्न सचेत गराउँदै निष्कासन गरिएकी वृद्धालाई तत्काल उचित बसोबासको प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।  

प्रजिअ पौडेलले प्रशासनको तर्फबाट जाडोमा ओढ्ने बल्याङ्केटसमेत प्रदान गरेका छन्।  गलेश्वरदेखि गुहार खोज्दै बेनी आएकी पौडेललाई प्रशासनको पहलमा पुनः आश्रममै बसोबासको प्रबन्ध मिलाउने गरी गलेश्वर नै पठाइएको छ। 

गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा ०६७ सालदेखि अनाथ, असहाय, अपाङ्गता, वृद्धवृद्धा, साधुसन्त र एकल महिला, पुरुषलाई गाँस, बास र कपासको व्यवस्था गर्ने उद्देश्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा छ। तर आश्रमले नै असहायलाई विचल्लीमा पारेको घटना यो पहिलो पटक बाहिर आएको हो। 

प्रकाशित: Jan 05, 2021| 01:50 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।