आइतबार, भदौ २१, २०८३

मर्निङ वाकमा निस्केका अधिकारी २ सातादेखि बेपत्ता

कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका छन्।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

पोखरा- कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका छन्।

गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले उनको खोजीका लागि सम्पूर्णमा अनुरोध गरेका छन्।

बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले जानकारी दिए।

खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको उनले बताए।

धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन्। कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८५११०७२०५, ९८४६०८८४०५ मा सम्पर्क गर्न परिवारजनले अनुरोध गरेको छ।

प्रकाशित: Jan 04, 2021| 14:50 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।