आइतबार, भदौ २१, २०८३

पुस २४ गते प्रधानमन्त्री ओली धनगढी जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली पुस २४ गते धनगढी जाने भएका छन्।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पुस २४ गते धनगढी जाने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार पछिल्लो राजनीति परिस्थितिबारे आफ्ना धारणा राख्न प्रधानमन्त्री ओली पुस २४ गते धनगढी जाने भएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुस २४ गते धनगढीमा जनसभा आयोजना गरेको छ। 

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन भएका छन्।

अध्यक्ष थापाको संयोजकत्वमा २५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ।

यस्तै केन्द्रीय सदस्यहरु क्रमश दीपकप्रसाद देवकोटाको संयोजकत्वमा आर्थिक समिति, नारदमुनी रानाको संयोजकत्वमा अथिति सत्कार समिति, रणबहादुर चन्दको संयोजकत्वमा मञ्च तयारी समिति, देवबहादुर वमको संयोजकत्वमा यातायात व्यवस्था समिति, डिल्लीराज भट्टको संयोजकत्वमा स्वास्थ्य र उद्धवकुमार भट्टराईको संयोजकत्वमा प्रचार प्रसार समिति, लिला भण्डारीको संयोजकत्वमा जन परिचालन समिति र राजेश खातीको संयोजकत्वमा स्वयम् सेवक परिचालन समिति गठन भएको छ।

अध्यक्ष थापाले पुस २२ गते प्रदेश समितिको बैठक बस्ने बताउँदै यसअघि अर्को पक्षले आफूलाई नबोलाएर गरेका सबै निर्णय खारेज भएको पत्रकार सम्मेलनमा बताए।

प्रकाशित: Jan 04, 2021| 14:45 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।