आइतबार, भदौ २१, २०८३

संसद पुनर्स्थापना नभए देशमा विध्वंस हुन्छ : भुसाल 

नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

नवलपरासी- नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्।

उक्त समूहले सोमबार नवलपुरमा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भुसालले भने, ‘अब प्रचण्ड, ओली कसको पछाडि लाग्नुभन्दा हाम्रो सामु २ वटा बाटो छन्। त्यो भनेको संसद पुनर्स्थापना वा ध्वंस ? त्यसैले संसद पुनस्थापनाको विकल्प छैन।’ 

उनले संसद संविधान च्यातेर चुनाव हुन्छ भनेर पत्याउन नसकिने भनाइ राखे। नेता भुसालले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिले चालेको कदम नै संविधानविपरित भएको बताए।

पूर्व मन्त्री भुसालले संसद विघटनको प्रस्ताव लैजाँदा मन्त्री परिषदमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र विघटनको पक्षमा रहेको र अन्य सबै मन्त्री विपक्षमा रहेकोसमेत खुलासा गरे। 

नेता भुसालले केपी शर्मा ओलीको एकल निर्णय गर्ने स्वभावले पार्टीमा संकट भएको बताए। ओलीको आफूले गरेको निर्णय पार्टीले मान्नुपर्छ भन्ने अडान पहिलेदेखि नै हाबी हुँदा समस्या सिर्जना भएको खुलासा भुसालले गरेका छन्।

उनले संसद पुर्नस्थापना हुनेमा विश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे। संसद पुर्नस्थापनापछि मुलुक ठूलो दुर्घटनाबाट जोगिने र पार्टी एकतामा पनि दख्खल नपुग्ने भुसालले जिकिर गरे।

पार्टी विभाजनपछि नवलपरासीमा पनि ओली र प्रचण्ड/नेपाल दुबै समूहले शक्ति प्रदर्शन, भेला प्रशिक्षण सुरु गरेका छन्। 

प्रकाशित: Jan 04, 2021| 12:34 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।