आइतबार, भदौ २१, २०८३

गैँडाको खागसहित पक्राउ परेका कठरिया सार्वजनिक

गैँडाको खागसहित पक्राउ परेका व्यक्तिलाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

धनगढी- गैँडाको खागसहित पक्राउ परेका व्यक्तिलाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेका बर्दगोरिया गाउपालिका–५, कोईली भुरूवाका ५८ वर्षीय नैनबहादुर कठरियालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो।

जिल्लाको बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवन सामुदायिक वन नजिक खागसहित आज बिहान साढे १० बजे कठरियालाई प्रहरीले पक्राउ गरेको थियो।

संघीय प्रहरी ईकाइ कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय सुखडवाट खटिएको संयुक्त प्रहरी टोलीले  ना ३ स ५७१८ नम्बरको अटो रिक्साको पछाडिको सिटमा लुकाएर राखेको अवस्थामा १७१ ग्राम ९६० मिली ग्राम तौल भएको गैँडाको खाग बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

पक्राउ परेका कठरिया र खागलाई सव डिभिजन वन कार्यालय साँडेपानीलाई बुझाइएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

प्रकाशित: Jan 04, 2021| 12:25 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।