आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाेस्राे चरणकाे आन्दोलन थप सशक्त पार्ने दाहाल–नेपाल समूहको निर्णय

दाेस्राे चरणकाे आन्दोलन थप सशक्त पार्ने दाहाल–नेपाल समूहको निर्णय

नेकपा दाहाल–नेपाल समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध जारी आन्दोलनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध जारी आन्दोलनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ। 

समूहले सरकारविरुद्ध जारी पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै घोषित दोस्रो चरणको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो।

सो समूहको सोमबार पार्टी मुख्यालयको बसेको स्थायी कमिटी बैठकले  पहिलाे चरणकाे आन्दोलनको समीक्षा गर्दै अब सशक्त भएर प्रस्तुत हुने निर्णय गरेको बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले सञ्चारकर्मीलाई बताए। 

उनले नेकपाले जारी राखेको आन्दोलनमा एक भएर अघि बढ्न अन्य दलसँग वार्ता भइरहेको बताए। 

पन्तले भने, ‘सरकारविरुद्ध कांग्रेसको आन्दोलन पनि स्वागत योग्य छ। तर हामी अहिले आफ्नै शक्तिको भरमा अघि बढ्छौं।’ 

उनले संसद् पुनर्स्थापना हुनै नसक्ने बताए। पन्तले भने, ‘अदाललते केपी ओलीको मुख हेरेर फैसला गर्दैन, संविधान हेरेर फैसला गर्छ।’ 

उनले नेकपाको कमान्ड आफूहरूकै समूहमा रहेकाले पार्टीको नाम, वैधानिकता र सूर्य चिह्नमा कसैले दाबी गर्न नसक्ने बताए।

नेतादेखि कार्यकर्तासम्म सबै सशक्त भएर अघि बढ्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले संघर्षलाई थप प्रभावकारी बनाउन संयुक्त रूपमा अघि बढ्ने विषयमा छलफल भएको बताए।

ओली सरकारविरुद्ध नागरिक समाज, बुद्धिजीवी, कलाकार, पेसाकर्मीले पनि आन्दोलन जारी राखेकाले अब एकजुट भएर अघि बढ्न पहल हुने उनको भनाइ छ।

उनले पनि संसद् विघटन विरुद्ध आन्दोलन जारी रहेकाले संसद् पुनर्स्थापना भएरै छाड्ने बताए। उनले अदालतले संविधानसम्म निर्णय गर्ने विश्वास व्यक्त गरे। 


 

प्रकाशित: Jan 04, 2021| 11:33 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।