आइतबार, भदौ २१, २०८३

‘बजार व्यवस्थित नबनाई किसान खुसी हुँदैनन्’

कृषि तथा पशुपञ्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन कृषि बजारको उचित व्यवस्थापन हुनुपर्ने बताएकी छन्। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– कृषि तथा पशुपञ्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन कृषि बजारको उचित व्यवस्थापन हुनुपर्ने बताएकी छन्। 

मन्त्रालयअन्तर्गत रहेका संस्थान र समितिका अधिकारीहरुसँग सोमबार भएको छलफलमा उनले किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्था अन्त्यका लागि नयाँ ढंगले बजार व्यवस्थापन आवश्यक रहेको बताएकी हुन्। 

‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरी किसानलाई खुसी बनाउन सकिँदैन’, उनले भनिन्, ‘कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौं भनेर भन्नुपर्छ।’

किसानले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने अवस्था राम्रो नरहेको र उत्पादित वस्तु सडकमा फाल्नुलाई आफूले गम्भीर रुपमा लिएको उनले बताइन्।

बजारको ग्यारेन्टी गर्ने गरी नयाँ ढंगले जानुपर्ने भन्दै मन्त्री अर्यालले परम्परावादी सोचले अबका दिनमा अगाडि बढ्न नसकिने बताइन्। 
 

प्रकाशित: Jan 04, 2021| 10:53 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।