काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार ४०१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५९४ जना कोरोनमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।
हालसम्म नेपालमा १९ लाख ५२ हजार ९०३ जनाको कोरोना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८८५ पुगेको छ।