आइतबार, भदौ २१, २०८३

पहाडबाट खसेको ढुंगाले भत्कायो घर

कालिकोटमा पहाडबाट खसेको ढुंगाले घर भत्काएको छ। ढुंगाले तीलागुफा नगरपालिका–७ बालेघाटका भीमबहादुर विष्टको घर भत्किएको हो।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

सुर्खेत- कालिकोटमा पहाडबाट खसेको ढुंगाले घर भत्काएको छ।

ढुंगाले तीलागुफा नगरपालिका–७ बालेघाटका भीमबहादुर विष्टको घर भत्किएको हो।

बिहान झण्डै ८ सय मिटर माथिबाट खसेको ढुंगाले बिष्टको सात कोठे घर भत्काएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। ढुंगाले घर भत्किए पनि मानवीय क्षति भने भएको छैन।

छाप्रे प्रहरी चौकीका असई खगिराम थारुका अनुसार ढुंगा खसेपछि आज (सोमबार) दिनभर कर्णाली राजमार्ग अवरुद्ध भएको छ। ढुंगा फोडेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 04, 2021| 10:20 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।