आइतबार, भदौ २१, २०८३

सर्भर समस्याले लाइसेन्स फाराम बन्द

सर्भरमा समस्या आएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को फाराम बन्द गरिएको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- सर्भरमा समस्या आएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को फाराम बन्द गरिएको छ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अनलाइन फाराम सर्भरमा समस्या देखिएकाले एक दिनका लागि फाराम भर्ने काम बन्द गरिएको जनाएको छ। 

‘सवारी चालक अनुमति पत्र अनलाइन फाराम सर्भरको मर्मतकार्यका लागि आज २० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यसअघि कोभिड-१९ नियन्त्रण गर्ने भन्दै सरकारले गरेकाे लकडाउनका कारण सवारी चालक अनुमति पत्रको फाराम करिब १० महिना बन्द भएकाे थियो।

गत मंगलबारदेखि मात्रै सवारी चालक अनुमति पत्र लिनका लागि फाराम खुला गरिएको थियो।

प्रकाशित: Jan 04, 2021| 08:08 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।