धनगढी। कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन्।
संघीय प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बर्दगोरीया गाउँपालिका–४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई खागसहित पक्राउ गरेको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत छतिवन सामुदायिक वन नजिकै ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्था खागसहित कठरियालाई पक्राउ गरिएको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए।
खाग कहाँबाट ल्याइएको हो र कहाँ लैजाँदै गरिएकोबारे छानबिन भइरहेको उपाध्यायले बताए।