आइतबार, भदौ २१, २०८३

कालीकोटबाट चन्द समूहका दुई कार्यकर्ता पक्राउ

कालीकोटबाट नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन्।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

सुर्खेत। कालीकोटबाट नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा कालीकोट नरहरिनाथ गाउँपालिका-९, लालुका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र जाजरकोट भेरी नगरपालिका-२ का पदमबहादुर पुन छन्।

बोहोराको घरमा लुकाइछिपाइ राखेको अवस्थामा अर्धनिर्मित बन्दुक एक थान, प्रेसरकुकर एक थान, जेवाले एउटा, डेटोनेटर २४ थान, सकेट ९ थान, गन्धक एक केजी, सोडा आधा केजी, चार्ज ब्याट्री एक थान, ब्याट्री कनेक्सनलगायत थुप्रै विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ।

चन्द समूहविरुद्धको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई आइतबार साँझ लालुबाटै पक्राउ गरेको थियो। 

उनीहरूलाई आज मात्रै सार्वजनिक गरिएको कालीकोटका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

प्रकाशित: Jan 04, 2021| 07:13 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।