बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि फाइजर र मोडर्ना खोप परीक्षण

बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि फाइजर र मोडर्ना खोप परीक्षण

कोरोनाभाइरसको नयाँ प्रकार फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं- कोरोनाभाइरसको नयाँ प्रकार फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ। 

National life

यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ कि गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन्। 

बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ। 

‘अहिलेसम्मको विश्लेषणअनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,’ मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ।

यस बारेमा थप विवरण भने आगामी हप्ता जानकारी दिइने पनि वक्तव्यमा जनाइएको छ। परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 22, 2020| 13:37 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।