आइतबार, वैशाख २७, २०८३

भारतमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। पछिल्ला केही हप्तायता कोरोना संक्रमितको दर घट्दै गए पनि भारतमा संक्रमितको संख्या करोड पुगेको हो।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

एजेन्सी- भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ।

National life

पछिल्ला केही हप्तायता कोरोना संक्रमितको दर घट्दै गए पनि भारतमा संक्रमितको संख्या करोड पुगेको हो।

यो संख्या विश्वको दोस्रो धेरै हो। अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ७८ लाख पुगेको छ। विगत २४ घण्टामा मात्रै भारतमा २५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमणपछि निको हुनेको संख्या पनि उच्च छ। त्यहाँ हालसम्म ९६ लाख मानिस उपचारपछि निको भएका छन्। १ लाख४५ हजार १३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भारतले आगामी महिनादेखि नै कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने तयारी गरिरहेको छ। उसले रसियन कम्पनीको खोप आफ्नो देशमै उत्पादन गर्दैछ भने अन्य देशमा उत्पादित विभिन्न खोपहरुमाथि अध्ययन गरिरहेको छ।

प्रकाशित: Dec 19, 2020| 09:30 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।