बुधबार, भदौ ३१, २०८३

जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टमा भेटियो ५०० किलोको बम

जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टमा करिब ५०० किलोको एउटा बम भेटिएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टमा करिब ५०० किलोको एउटा बम भेटिएको छ। सहरमा गत आइतबार बम फेला परेपछि सिटी सेन्टरमा बसोबास गर्दै आएका १३ हजार ५०० मानिसलाई घरबाहिर निकालिएको थियो।

फ्रैंकफर्टमा पछिल्लोपटक बम भेटिएको खबर गत बिहीबार सार्वजनिक भएको थियो। निर्माण स्थलमा बम भेटिएपछि मानिसहरु त्रसित भएका थिए। 

दोस्रो विश्वयुद्धका बेला जर्मनीमा विरोधी देशका सैनिकहरुले नियमित रुपमा बमबारी गरेका थिए। बम आक्रमणबाट जर्मनीको यो मध्ययुगीन सहर ध्वस्त भएको थियो भने पाँच हजारभन्दा बढी मानिस मारिएका थिए। 

अहिले सहरमा तिनै बम भेटिँदा मानिसहरु त्रसित मात्र हुने गरेका छैनन्, बेलाबेलामा सहरमा सवारीसाधन आवागमनमा अवरोध हुने गरको छ।

दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्षपछि पनि फ्रैंकफर्टमा बम भेटिनु अनौठो कुरा भने होइन। अक्टोबरमा पनि जर्मन प्रहरीले बम भेटेको थियो। 
जुनमा सम्मेलन केन्द्र परिसरमा ५०० किलोको बम भेटिएको थियो। यसअघि सन् २०१९ जुलाईमा युरोपेली केन्द्रीय बैंकको मुख्यालयअगाडि विस्फोटक पदार्थ भेटिएको थियो। त्यस क्रममा साढे १६ हजार मानिसलाई केही समयका लागि त्यहाँबाट हटाइएको थियो। यसरी भेटिएका बम सुरक्षाकर्मीले निष्क्रिय पार्दै आएको छ। एएफपी

प्रकाशित: Dec 07, 2020| 08:39 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।