मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विवाहको अघिल्लो दिन श्वेता खड्काको भावुक पोष्ट

नायिका श्वेता खड्काको भोलि (सोमबार) विवाह हुँदैछ। नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि केही वर्ष एकल जीवन विताएकी श्वेताले विहेकाे गर्ने तयारी गरेकी हुन्।
 |  आइतबार, मंसिर २१, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- नायिका श्वेता खड्काको भोलि (सोमबार) विवाह हुँदैछ। नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि केही वर्ष एकल जीवन विताएकी श्वेताले विहे गर्ने तयारी गरेकी हुन्।

triton college

विवाहको अघिल्लो दिन उनले एउटा लामो फेसबुक पोष्टमा आफ्नो जीवनका भोगाईहरुबारे सामान्य चर्चा गरेकी छन्।

साथै एकल रुपमा बाँच्नु पर्दाका अप्ठेरा, पुनः विवाह गर्दा चलेका नकारात्मक चर्चालगायतका विषयमा एउटा भावुक पत्र लेखेकी छन्।
यस्तो छ उनको पत्र :

मः जीवनको नवीन यात्रामा

जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली , सुख-दुःख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु। ‘अचानोको पिडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुश्चक्रले ममाथि प्रहार गरेका अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिडाहरु केवल मलाई मात्र थाहा छ।

Metro Mart
vianet

म देख्थेँ, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठूलठूला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन्। मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ। ‘के म यसो गर्न सकूँला र ?’ आँफैसँग प्रश्न गर्थेँ। आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ‘कि हुति हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ।’ अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजेँ। अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म। मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु। ‘अब उठ्नै सक्दिन कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ। महिनैपिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ। मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु व्यक्त गर्ने कोसँग ? मैले साथीसँगतीहरुको भीडमा आँखा डुलाएर हेरेँ तर मेरो पिडालाई महसुस  गर्न सक्ने कोही देखिनँ। आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरेँ। अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पिडाहरुमा आँफै सम्हालिएँ अनि अनेकन समस्याहरुसँग एक्लै जुधिरहेँ।

‘मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्न नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाइन्छ र ? फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरुषप्रधान समाजले मेरो दोस्रो जीवनलाई स्वीकार गर्ला र ?’ म मेरा हितैषीहरुलाई प्रश्न गर्थेँ। 

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पिडालाई भुलाउने एउटा बहना पाएकी छु। मेरो अतितलाई सहर्ष स्वीकार गरी मसँगै सुखदुःख बाँड्न तयार एउटा साथी पाएकी छु। म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु। त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नवीन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन। तर  मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नुभएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिन सफल भएकी छु। यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ, ‘के यो पुरुषप्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?’

मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचार जना व्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ। श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ। तर म प्रति साहनुभूति राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि सँधै मेरो सफलताको कामना गर्ने लाखौँ शुभचिन्तकहरुको आशिर्वाद, सद्भाव र सुभेक्षाले म प्रति रिस र इष्र्या  सोच राख्ने दुई चार जनाले स्वतः हार खानेछन्।

अतः कोरोनाको संत्रासका बीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य व्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु। महामारीको यो माहोलमा सिमित व्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दैगर्दा तपाईँहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु।

उही तपाईँकी छोरी-चेली 
श्वेता खड्का

प्रकाशित: Dec 06, 2020| 09:45 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्