बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय डेब्यू गर्दै ऋतिक रोशन, ‘सुपर थर्टी’को अंग्रेजी भर्सन बन्‍ने

अन्तर्राष्ट्रिय डेब्यू गर्दै ऋतिक रोशन, ‘सुपर थर्टी’को अंग्रेजी भर्सन बन्‍ने

बलिउड अभिनेता ऋतिक रोशन आफ्नो अन्तर्राष्ट्रिय डेब्यूका लागि तयार छन्। 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं। बलिउड अभिनेता ऋतिक रोशन आफ्नो अन्तर्राष्ट्रिय डेब्यूका लागि तयार छन्। 

National life

अब उनी सुपरहिट चलचित्र ‘सुपर थर्टी’को अंग्रेजी भर्सनमा देखिने छन्।                 

यो चलचित्र आनन्द कुमारको जीवनमा आधारित छ। 

समाचारअनुसार ऋतिक रोशन आफ्नो अन्तर्राष्ट्रिय प्रोजेक्टलाई लिएर एकदमै गम्भीर छन्। 

ऋतिकको अन्तर्राष्ट्रिय चलचित्र ‘सुपर थर्टी’ आनन्द कुमारको जीवनीको अन्तर्राष्ट्रिय भर्सन हुनेछ। 

‘सुपर थर्टी चेन्जिङ द वर्ल्ड स्टुडेन्ट टाइमः आनन्द कुमार’ यो किताबको लेखन लेखक तथा साइक्याट्रिक बिजु मेट्रोले गरेका छन्। 

यसको राइट्स पनि लिइएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकको अन्तर्राष्ट्रिय करिअर २० वर्ष पहिले नै सुरु हुन सक्थ्यो, जब तरसेम सिंहले उनलाई शेक्सपियरको ‘हेमलेट’को देसी अवतारका लागि छनौट गरेका थिए। यसको नाम ‘आदित्य’ थियो तर, ऋतिकले यसलाई अस्वीकार गरेका थिए। 

प्रकाशित: Dec 05, 2020| 15:00 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्