शनिबार, कात्तिक २९, २०८२

कंगनाविरुद्ध मानहानिको आरोप: जाबेदले अदालतमा दर्ता गराए बयान

बलिउड अभिनेत्री कंगना राणावतविरुद्ध मानहानिको मुद्दा हालेका गीतकार जावेद अख्तरले आज वकिलमार्फत् अंधेरीस्थित महानगरीय अदालतमा बयान दर्ता गराएका छन्। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

भारत। बलिउड अभिनेत्री कंगना राणावतविरुद्ध मानहानिको मुद्दा हालेका गीतकार जावेद अख्तरले आज वकिलमार्फत् अंधेरीस्थित महानगरीय अदालतमा बयान दर्ता गराएका छन्। 

National life

जाबेदले अघिल्लो महिना कंगनाविरुद्ध आपराधिक उजुरी दर्ता गराएका थिए। 

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा कंगनाले आफ्नो मानहानि र आधारहीन टिप्पणी गरेको जाबेदले आरोप लगाएका छन्। 

कंगनाले टेलिभिजन अन्तर्वाताका क्रममा जाबेदले घर बोलाएर धम्काई अभिनेता ऋतिक रोशनसँग माफी माग्न लगाएको बताएकी थिइन्। 

कंगनाकी बहिनी तथा म्यानेजर रंगोली चंदेलले पनि सामाजिक सञ्जालमा जाबेद अख्तरले कंगनालाई धम्क्याएको आरोप लगाएकी थिइन्। 

Laxmi sunrise bank
kumari

कंगनामाथि अहिलेसम्म चारवटा मुद्दा दर्ता भइसकेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

अक्टुबरमा कर्नाटकको तुमकुरमा कंगनाविरुद्ध मुद्दा दर्ता भएको थियो। उनीमाथि किसानहरू अपमान गरेको आरोप लागेको थियो। 

त्यसपछि मुम्बईमा दुईवटा मुद्दा दर्ता भयो। धर्मको आधारमा घृणा फैलाएकाे र अदालतको अवहेलना गरेको आरोप  कंगनामाथि लाग्यो। र, चौथो जाबेद अख्तरले हालेको मुद्दा हो। 

प्रकाशित: Dec 03, 2020| 14:08 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्