बुधबार, भदौ ३१, २०८३

गुजरातमा मास्क नलगाउनेले कोरोना संक्रमितको सेवा गर्नुपर्ने अदालतको आदेश

भारतको गुजरात उच्च अदालतले त्यहाँ मास्क नलगाउनेलाई कडा सजायको फैसला गरेको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

एजेन्सी- भारतको गुजरात उच्च अदालतले त्यहाँ मास्क नलगाउनेलाई कडा सजायको फैसला गरेको छ।

उच्च अदालतले मास्क लगाउनु पर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमितहरु राख्ने आइसोलेसन केन्द्रहरुमा सेवा गर्नुपर्ने सजायको व्यवस्था गरेको हो।

मुख्य न्यायाधीश विक्रम नाथ र न्यायाधीश जेबी पर्दीवालाको इजलासले मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई सामुदायिक सेवाको सजाय तोकेको हो।

उनीहरुले गैर चिकित्सकीय सेवा (सरसफाई) लगायत गर्नुपर्नेछ। यस्तो सजाय पाँचदेखि १५ दिनसम्म र दैनिक ४–६ घण्टा गर्नुपर्ने जनाइएको छ।

अदालतले एक जनहित याचिकाको सुनुवाई गर्दै दिएको हो। जसमा मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमित हेरचाह केन्द्रमा सामुदायिक सेवा अनिवार्य गर्न माग गरिएको थियो।

भारतको गुजरातमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार २५७ पुगेको छ। त्यहाँ हालसम्म ४ हजार ४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Dec 02, 2020| 10:59 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।