शनिबार, कात्तिक २९, २०८२

रुचाइयो प्रकाश सपूत र नम्रता श्रेष्ठको नयाँ म्युजिक भिडियो 

लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्युजिक भिडियो एकैदिनमा युट्युब ट्रेन्डिङमा आएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्युजिक भिडियो एकैदिनमा युट्युब ट्रेन्डिङमा आएको छ। सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्युज’ साढे ५ लाख पुगिसकेको छ भने ट्रेन्डिङमा ३ नम्बरमा आएको छ।

National life

प्रकाश सपुत र अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ। गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ। भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका छन्।

गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा चार हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ३४ हजारले ‘लाइक’ गरेका छन्।

कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ। भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ। गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ।

कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ। दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन्। सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन्। आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन्।

Laxmi sunrise bank
kumari

मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन्। घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन्। गीत यत्तिकैमा सकिन्छ। त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताएका छन्।

“गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ,” उनले भने, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक, श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन्।

सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो। त्यसअघि उनका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे।

गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ। गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिँदैछन्। चलचित्रको अहिले छायाङ्कन भइरहेको छ।

प्रकाशित: Dec 02, 2020| 03:25 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्