शुक्रबार, फागुन २९, २०८२

अमेरिकामा कोरोनाबाट एकै दिनमा २६ सयको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिनमा २ हजार ६ सय ११ जनाको मृत्यु भएको छ। संक्रमणको दोस्रो लहर शुरु भए यता एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको हो ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिनमा २ हजार ६ सय ११ जनाको मृत्यु भएको छ। संक्रमणको दोस्रो लहर शुरु भए यता एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको हो ।

National life

अमेरिकामा अप्रिल २१ मा २ हजार ७ सय ४४ जनाको मृत्यु भएको थियो । त्यसको ७ महिनापछि हिजो (मंगलबार) एकै दिनमा २ हजार ६ सय ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । 

अमेरिकामा कोरोनाबाट सोमबार एक हजार २७१ र आइतबार ८१९ जनाको मृत्यु भएको थियो।

अप्रिलको दोस्रो र तेस्रो हप्ता प्रति दिन औषत २५ सय संक्रमितको मृत्यु भएको थियो। त्यहाँ अप्रिलमा संक्रमित र मृतकको संख्या उच्च विन्दुमा पुगेको थियो।

हाल अमेरिकामा कोरोनाको दोस्रो लहर सुरु भएको छ । अहिले अहिले करीब ५४ लाख संक्रमित उपचाररत छन्। धेरै संक्रमित भेटिएका टेक्सास, क्यालिफोर्निया, न्यूयोर्क लगायत राज्यमा अस्पतालहरु भरिभराउन छन्।

Laxmi sunrise bank
kumari

अमेरिकामा अहिलेसम्म एक करोड ४१ लाख ६ हजार संक्रमित फेला परिसकेका छन्। तीमध्ये दुई लाख ७६ हजार ९६५ जनाको मृत्यु भएको छ।

प्रकाशित: Dec 02, 2020| 03:00 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।