शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मास्कमाथि प्रश्न उठाउने ट्रम्पका विशेष सल्लाहकारको राजीनामा

मास्कमाथि प्रश्न उठाउने ट्रम्पका विशेष सल्लाहकारको राजीनामा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष सल्लाहकार डा.स्कट एटलसले राजीनामा दिएका छन्।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष सल्लाहकार डा.स्कट एटलसले राजीनामा दिएका छन्।

National life

ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिनो कार्यकाल टुंग्याएका छन्।

राजीनामामा उनले भनेका छन्, ‘मैले सँधै विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै राजनीतिक कारणबाट म प्रभावित बनिनँ।’

आफ्नो चार महिने कार्यकालमा उनले कोरोना भाइरस नियन्त्रण गर्न मास्क लगाउन आवश्यक छ र ? भन्ने विषयमा प्रश्न उठाएका थिए।

कोरोना भाइरस टास्क फोर्सका अन्य सदस्यहरुसँग पनि उनी कयौँ पटक विवाद गरेर चर्चामा आएका थिए।

Laxmi sunrise bank
kumari

स्ट्यानफोर्ड विश्वविद्यालयका ह्युवर इन्स्टिीट्यूशनका वरिष्ठ फेलो तथा रेडियोलोजिस्ट रहेका डा. एटलस गत अगस्टमा कोरोना टास्क फोर्समा सहभागी भएका थिए।

उनी मास्क विरोधी थिए भने लकडाउनको पनि विरोध गर्थे। कोरोना नियन्त्रणका लागि हर्ड इम्युनिटी आवश्यक पर्ने उनको भनाइ थियो।

प्रकाशित: Dec 01, 2020| 11:15 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।