शुक्रबार, फागुन २९, २०८२

जो बाइडेनको प्रेस टिममा महिलामात्रै

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो प्रेस टिम घोषणा गरेका छन्।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो प्रेस टिम घोषणा गरेका छन्। राष्ट्रपतिको शपथ ग्रहण गर्नुअघि नै उनले प्रेस टिम तयार गरेका हुन्। चाखलाग्दो कुरा त के छ भने प्रेस टिममा सबै महिला छन्। 

National life

प्रेस टिमको नेतृत्व केट बेडिङ्गफिल्डले गर्ने भएकी छन्। उनी बाइडेनको चुनावी अभियानकी कार्यकारी सञ्‍चार निर्देशक पनि हुन्। ह्वाइट हाउस प्रवक्ताको रुपमा भने जेन साकी रहनेछिन्।

बाइडेनले आफ्नो प्रशासन विविधताले युक्त हुने र त्यसमा सबैको प्रतिनिधित्व हुने बताउँदै आएका छन्। उनले आफ्नो प्रशासनले देशको प्रतिनिधित्व गर्ने दाबी गर्दै आएका छन्।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले वक्तव्यमा भनेका छन्, ‘सम्पूर्ण महिलासहितको पहिलो ह्वाइट हाउस कम्युनिकेशन टिम घोषणा गर्न पाउँदा गर्व लागेको छ। यी योग्य र अनुभवी सञ्चारविज्ञहरुले काममा विविधता ल्याउने र यो देशलाई पुनः राम्रो तथा उत्कृष्ट मार्गमा ल्याउने प्रतिवद्धता जनाएका छन्।’

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसका दुई शीर्ष प्रेस सल्लाहकार पनि महिला नै रहनेछन्। 

Laxmi sunrise bank
kumari

गत साता राष्ट्रपति बाइडेनले आफ्ना केही उच्च मन्त्रीहरुसहित ६ जनाको नाम घोषणा गरेका थिए। बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्।

-बीबीसी

प्रकाशित: Nov 30, 2020| 08:03 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।