शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नाइजेरियामा खेतमा काम गरिराखेका ११० किसानको घाँटी रेटेर हत्या

नाइजेरियामा खेतमा काम गरिराखेका ११० किसानको घाँटी रेटेर हत्या

 उत्तरपूर्वी नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जना किसानको क्रूर ढंगले हत्या गरेको छ ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- उत्तरपूर्वी नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जना किसानको क्रूर ढंगले हत्या गरेको छ ।

National life

खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले लेखेकाे छ । 

घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । घटना गत शनिबार भएको हो ।

राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको बताएका छन् । 

घटनमा केही महिला अपहरणमा परेको राष्ट्रसंघको दावी छ । निर्दोष किसानामाथि भएको जघन्य अपराध क्षम्य नहुने सरकारले जनाएको छ । 

Laxmi sunrise bank
kumari

राष्ट्रपति बुहारीले सन् २०१५ मा सत्ता सम्हालेपछि नाइजेरियामा हिंसात्मक घटानाहरु निरन्तर बढिरहेका छन् ।

विद्रोहीको आक्रमणमा परेर गत वर्ष करिब ८ सय सुरक्षाकर्मीको मृत्यु भएको थियो । 

प्रकाशित: Nov 30, 2020| 04:11 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।