सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कुकुरसँग खेल्दा बाइडेन घाइते, ट्रम्पले गरे स्वास्थ्यलाभको कामना 

कुकुरसँग खेल्दा बाइडेन घाइते, ट्रम्पले गरे स्वास्थ्यलाभको कामना 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन कुकुरसँग खेल्ने क्रममा घाइते भएका छन्।  
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन कुकुरसँग खेल्ने क्रममा घाइते भएका छन्।  

कुकुरसँग खेल्ने क्रममा चिप्लिएर लडेका उनको खुट्टा मर्किएको हो । डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्रयाक्चर’ भएको उल्लेख छ । अबको केही हप्तासम्म उनलाई  ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ। 

यस्तै नवनिर्वाचित राष्ट्रपति बाइडेनको वर्तमान राष्ट्रपति तथा बाइडेनसँग पराजित उम्मेदवार डोनाल्ड ट्रम्पले स्वास्थ्यलाभको कामना गरेका छन् । 

आइतबार साँझ ट्वीट गर्दै उनले बाइडेनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

गत नोभेम्बर २० मा आफ्नो ७८ औँ जन्म दिन मनाएका बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध राष्ट्रपति बन्न लागेका छन्।

प्रकाशित: Nov 30, 2020| 03:46 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।