शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • म्याराडोनाको मृत्युबारे छानबिन सुरु, डाक्टरको घर र क्लिनिकमा छापा

म्याराडोनाको मृत्युबारे छानबिन सुरु, डाक्टरको घर र क्लिनिकमा छापा

विश्व प्रख्यात फुटबलर डिएगो म्याराडोनाको मृत्यु भएको चार दिनपछि अर्जेन्टिनास्थित उनका डाक्टरको घर र क्लिनिकमा प्रहरीले छापा मारेको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

विश्व प्रख्यात फुटबलर डिएगो म्याराडोनाको मृत्यु भएको चार दिनपछि अर्जेन्टिनास्थित उनका डाक्टरको घर र क्लिनिकमा प्रहरीले छापा मारेको छ। 

National life

म्याराडोनाको उपचारमा कुनै लापरवाही त भएको छैन भनेर प्रहरीले डाक्टरकोमा छापा हानेको हो। २५ नोभेम्बर (गएको बुधबार) ६० वर्षको उमेरमा आफ्नो घरमै म्याराडोनाको निधन भएको थियो। हृदयाघातका कारण उनको निधन भएको बताइएको छ। 

म्याराडोनाका छोरीहरुले आफ्ना बुवाको असामयिक मृत्युबारे छानबिन गर्न माग गरेपछि अर्जेन्टिनी प्रहरीले अनुसन्धान थालेको हो। 

असाधारण खेलाडीको अन्तिम बिदाइ पनि असाधारण

एक दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं डिएगो : पेले

‘गुडबाइ म्याराडोना’

यही नोभेम्बर पहिलो सातामात्रै म्याराडोनाको मस्तिष्कको सफल सल्यक्रिया भएको थियो। मदिराको लत छुटाउनका लागि पनि उनको उपचार चल्दै थियो। 

म्याराडोनाका निजी चिकित्सकले प्रहरीलाई आफूले अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। म्याराडोनालाई बचाउन आफूले अन्तिम समयसम्म पनि प्रयास गरेको उनले बताएका छन्। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 29, 2020| 23:45 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।