शुक्रबार, फागुन २९, २०८२

अफगानिस्तानमा आत्मघाती आक्रमण, ३४ जनाको मृत्यु

अफगानिस्तानमा भएका दुईवटा आत्मघाती बम विस्फोटमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

एजेन्सी- अफगानिस्तानमा भएका दुईवटा आत्मघाती बम विस्फोटमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।

National life

पूर्वी घान्जी प्रान्तका प्रान्तीय प्रमुख र सैन्य क्याम्पलाई लक्षित गरी आत्मघाती बम विस्फोट भएको अधिकारीहरुले जनाएका छन्।

बम विस्फोटमा ३१ सैनिक मारिएका छन् भने २४ जना घाइते भएका छन्। आज (आइतबार) बिहान एक आक्रमणकारी सैनिकको गाडीमा ठोक्किएपछि विस्फोट भएको थियो।

आक्रमणबारे तालिबानी लडाकुका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया रोयटर्सलाई दिएको अलजजिराले उल्लेख गरेको छ।

पछिल्ला केही महिनायता अफगानिस्तानमा आत्मघाती आक्रमणको शिलशिला बढ्दै गएको छ। त्यहाँ सरकार र तालिबान विद्रोहीबीचको वार्ता निश्कर्षमा नपुगेपछि यस्ता घटना धेरै भएका छन्।

Laxmi sunrise bank
kumari

यद्यपि अधिकांश घटनामा आफ्नो संलग्नता नरहेको तालिबानले बताउँदै आएको छ।

प्रकाशित: Nov 29, 2020| 11:10 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।