सोमबार, भदौ २९, २०८३

अब अन्तरिक्ष सफाइ अभियान

क्लियर स्पेस नामक सो कम्पनीले सन् २०२५ मा अन्तरिक्षमा विशेष प्रकारको भूउपग्रह पठाउने गृहकार्य अघि बढाएको छ। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

एक स्विस कम्पनीले पहिलोपटक अन्तरिक्षमा सफाइ अभियान चलाउने भएको छ। युरोपियन स्पेस एजेन्सीका अनुसार यसका लागि उक्त कम्पनीले स्विस सरकारसँग ८.६ करोड युरोको सम्झौतामा हस्ताक्षर गर्ने भएको छ। 

क्लियर स्पेस नामक सो कम्पनीले सन् २०२५ मा अन्तरिक्षमा विशेष प्रकारको भूउपग्रह पठाउने गृहकार्य अघि बढाएको छ। 

यसले आफ्नो कक्षमा परिक्रमा गर्दै फोहोरका टुक्राहरु संकलन गर्नेछ। वैज्ञानिकका अनुसार अहिले पृथ्वीको कक्षमा काम नलाग्ने उपग्रह र फोहोरहरुले परिक्रमा गरिरहेका छन्। 

त्यस्ता फोहोहरुले अन्य उपग्रह र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा नोक्सानी गर्ने खतरा छ। युरोपेली स्पेस एजेन्सी (ईएसए) का महानिर्देशक यान बोएर्नरले भनेका छन्, 'कल्पना गर्नुहोस्, इतिहासमा हराएका सबै जहाज पानीमा डुबिरहेका छन् भने समुद्रमा हिँड्न कत्ति खतरानाक हुन्छ?'

क्लियर स्पेसका संस्थापक एवम् सीईओले आगामी वर्षमा हजारौं उपग्रहहरु पठाइने योजना रहेकाले फोहोर अझै बढ्नेछ। उनले असफल उपग्रहरुलाई त्यहाँबाट हटाउन आवश्यक भइसकेको छ।

कसरी हुन्छ सफाइ?

अन्तरिक्षको सफाइ अन्तरिक्षमा पठाइएको रकेटको टुक्राको सहयोगमा सुरु हुनेछ । ११२ किलोग्रामको यो टुक्रालाई भेस्पा भनिन्छ । यसले सन् २०१३ मा एउटा भूउपग्रहलाई अन्तरिक्षमा पठाउन सहयोग गरेको थियो।

बलियो संरचनाका कारण सफाइको सुरुवात निकै प्रभावकारी हुने दाबी ईएसएको छ। यसपछि फोहोरको थुप्रो खाली गरिनेछ।

भेस्पासम्म पुगेपछि क्लियर स्पेस १ ले यसलाई पृथ्वीको कक्षबाट बाहिर निकाल्छ। त्यसपछिको वातावरणमा पुग्नेबित्तिकै यसलाई जलाउन सक्छ। 
 

प्रकाशित: Nov 28, 2020| 06:43 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।