शनिबार, कात्तिक २९, २०८२

‘खास लाग्न थाल्यौ’को भिडियो सार्वजनिक 

गायक तथा संगीतकार बिपिन घिमिरेले ‘खास लाग्न थाल्यौ’ बोलको गजल–गीत बजारमा ल्याएका छन्। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौ– गायक तथा संगीतकार बिपिन घिमिरेले ‘खास लाग्न थाल्यौ’ बोलको गजल–गीत बजारमा ल्याएका छन्। 

National life

गीतमा घिमिरे आफैले  संगीत दिएका छन्।  दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन्।  
गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन्। उनका यसअघि पनि  थुप्रै गीत तथा गजल सार्वजनिक भइसकेका छन्।  संगीत संयोजन किरण कँडेलको छ । 
साम्बी इन्टरटेनमेन्टले रिलिज गरेको भिडियोमा विशाल पोखरेल र मोडल सरिता भारतीले अभिनय गरेका छन्।  

एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ।  

भिडियो रामशरण उप्रेतीले  छायाँकन गेरेका हुन्।  बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन गरेको  भिडियोको निर्देशन सञ्चारकर्मी डब्बु क्षत्रीले गरेका हुन्।  

प्रकाशित: Nov 26, 2020| 04:03 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्