शुक्रबार, फागुन २९, २०८२

भारतका बरिष्ठ नेता पटेलको कोरोनाका कारण निधन

भारतीय कांग्रेसका बरिष्ठ नेता अहमद पटेलको निधन भएको छ ।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं–  भारतीय कांग्रेसका बरिष्ठ नेता अहमद पटेलको निधन भएको छ।

National life

उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि बुधबार निधन भएको परिवारजनले जनाएका छन्। 

उनका छोरा फैसल पटेलले  आफ्ना पिताको निधन भएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।  पार्टीका शीर्ष रणनीतिकार समेत मानिने ७१ बर्षीय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो। 

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो। यही नोभेम्बर १५ देखि उनको अवस्था बिग्रिँदै गएको परिवारजनले जनाएका छन्। उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उनको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु।’

उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन्।  

Laxmi sunrise bank
kumari

स्वर्गिय पटेल गुजरातबाट अहिले पनि राज्य सभा सदस्य थिए। योसँगै उनी आठ पटक सांसद भएका नेता हुन्।  तीमध्ये पाँच पटक राज्य सभा सदस्य भएका थिए भने तीन पटक लोकसभामा निर्वाचित भएका थिए।  

भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले पनि कोषाध्यक्ष थिए।  हाल उको तेस्रो कार्यकाल चलिरहेको थियो।

प्रकाशित: Nov 26, 2020| 01:52 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।