बुधबार, जेठ २०, २०८३

सुदूरपश्चिमका पालिकामा देउवा पक्षको वर्चस्व

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बेलुकासम्म आएको स्थानीय तहको नतिजा अनुसार गृह प्रदेशमा वर्चस्व कायम गरेका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बेलुकासम्म आएको स्थानीय तहको नतिजा अनुसार गृह प्रदेशमा वर्चस्व कायम गरेका छन्। 

National life

सोमबारसम्म अधिवेशन सम्पन्न भएका ७४ पालिकामध्ये ४४ मा देउवा, पौडेल समूह (दिवान विष्ट, दिलेन्द्र बडू) ले २६ पालिका सभापतिमा निर्वाचित भएका छन्। ४ जना सभापति भने कुनै पक्षमा खुलेका छैनन्।  

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलालीबाहेकको जिल्लामा स्थानीय तहको अधिवेशन भएको छ। सुदूरपश्चिममा कुल ८८ स्थानीय तह छन्। यीेमध्ये अधिवेशन सम्पन्न भएका ८ जिल्लाका ७५ स्थानीय तहमध्ये  बाजुराको वडिमालिका नगरपालिकामा अधिवेशन हुन सकेको छैन।

९ स्थानीय तह रहेको बाजुरामा देउवा पक्ष ४ र पौडेल पक्षका ३ पालिका सभापति चयन भएका छन्। एउटा पालिकाका सभापति भने नखुलेको बताइएको छ। सोमबारसम्म ७ पालिकामा सर्वसम्मत र त्रिवेणी नपामा निर्वाचन भएको छ। बडीमालिका नगरपालिकामा भने सहमतिको प्रयास भइरहेको छ। 

कञ्चनपुरमा रहेका ९ स्थानीय तहमध्ये पूर्व सांसद दिवानसिंह बिष्ट पक्षधर (रामचन्द्र समूह) ले ४ वटा पालिका सभापति भएका छन् भने नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका एनपी साउद र रमेश लेखक पक्षधर ५ पालिका सभापति भएका छन्।

Shivam cement

सभापति देउवाको गृह जिल्ला डडेल्धुराका सबै पालिकामा उनी पक्षधर सभापति भएका छन्। डडेल्धुरामा ७ पालिका रहेका छन्। परशुराम नगरपालिका, अजयमेयरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा क्रमशः भरत बडायर जोशी, खेमराज भट्ट, टेकराज पाण्डे, भोजराज भट्ट, डम्बर राज जोशी र ईन्द्र कार्की सभापतिमा चयन भएका हुन्।

उता, दार्चुलाका ९ वटै पालिकामा दिलेन्द्र बडू पक्षधर सभापतिमा चयन भएका छन्। डोटीमा रहेका सबै पालिका सभापति देउवा पक्ष भएका छन्। डोटीमा ९ वटा स्थानीय तह रहेका छन्। बोगटान फुडसिल गाउँपालिकामा खडक सिंह बोहरा, जोरायल गाउँपालिकामा मोहनबहादुर मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी, केआई सिंह गाउँपालिकामा अर्जुनबहादुर बलायर, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा, सायल गाउँपालिकामा तेजराज ओझा, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन्। 

बैतडीका १० स्थानीय तहमध्ये ४ देउवा पक्षमा, ३ पौडेल पक्षमा र ३ जना सभापति कुनै पक्षमा खुलेका छैनन्। बझाङका १२ स्थानीय तहमध्ये १० पालिकामा देउवा र २ मा कोइराला पक्षधर सभापति निर्वाचित भएका छन्। अछामका १० पालिकामध्ये देउवा र पौडेल पक्षधर समान ५–५ रहेका छन्।  

प्रकाशित: Sep 28, 2021| 06:31 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।