बुधबार, भदौ १७, २०८३

क्यानको साधारणसभा सम्पन्न, विधान निर्माणमा जोड

नेपाल क्रिकेट संघ (क्यान)को पहिलो वार्षिक साधारण सभा हिजो(बुधबार) सम्पन्न भएकको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान)को पहिलो वार्षिक साधारण सभा हिजो(बुधबार) सम्पन्न भएकको छ।

कोरोना महामारीका कारण थोरै सदस्य उपस्थित भएर गरिएको भर्चुअल साधारणसभाले केन्द्रीय समितिलाई विभिन्न कागजात तयार गर्ने, अनुमोदन गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको हो।

क्यानले 'एन्टी करप्सन, एन्टी डोपिङ र इथिक्स पोलिसी' निर्माण गर्ने भएको छ। साथै जिल्ला र प्रादेशिक क्रिकेट संघका लागि कार्यविधि बनाउने भएको छ।

संघका पदाधिकारी र सदस्यहरूका लागि कोड अफ कन्डक्ट बनाउने निर्णय गरेको बताइएको छ।

त्यस्तै क्यानले ‘पोक्युरमेन्ट र इम्प्ल्यामवमेन्ट’ पोलीसी निर्माणका साथै खेलाडीको ‘कोड अफ कन्डक्ट’ र सम्झौता निर्माण गर्ने भएको हो। 
नेपाली क्रिकेटलाई थप व्यवस्थित गर्नका लागि क्यानको स्वामित्वमा रहेनगरि नेपाल प्रिमियर लिग (एनपीएल)को सम्झौता प्रकृया अघि बढाउने भएको छ।

साधारण सभाले ०७०–७१ देखि ०७५–७६ सम्मको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ भने गत आर्थिक वर्षको लेखा परीक्षणका लागि एबीएस एण्ड एसोसिएट्स्लाई जिम्मेवारी दिने निर्णय गरेको छ।

साधारण सभाले चालु आर्थिक वर्षको बजेट निर्माणको जिम्मेवारी केन्द्रीय समितिलाई दिएको छ।
 

प्रकाशित: Nov 19, 2020| 00:58 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।