सुर्खेत- गुडिरहेको बसबाट खस्दा सल्यानमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका वडा नम्बर ११ का एकराज खड्का छन्।
उनी बाफुखोलाबाट दाङ्गका लागि छुटेकोे ना ५ ख १००१ नम्बरको बसबाट खसेका हुन्। बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका उनी बागचौर नगरपालिका वडा नं २ को बरिबोट नजिकै खसेका थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घटना लगत्तै जनप्रिय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल रिफर गरिएको थियो।
अस्पताल पुर्याइएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सल्यानका डीएसपी गोविन्द थापाले जनाए।