काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीले लिखित आरोप लगाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनैपर्ने बताएका छन्।
भट्टराईले बुधबार साँझ ट्विट गर्दै ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने बताएका हुन्।
‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है,’ उनले लेखेका छन्,‘राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन। ओली सरकारको असफलता र भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’