काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ।
केही महिनायता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।