मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘रोक्नुस्, हेर्नुस् र जानुस्’ लाई पालना गराउँदै ट्राफिक प्रहरी

‘रोक्नुस्, हेर्नुस् र जानुस्’ लाई पालना गराउँदै ट्राफिक प्रहरी

सवारी चालकले शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम ‘रोक्नुस्, हेर्नुस् र जानुस्’ लाई पालना गराउन बुधबारदेखि ट्राफिक प्रहरी खटिएका छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– सवारी चालकले शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम ‘रोक्नुस्, हेर्नुस् र जानुस्’ लाई पालना गराउन बुधबारदेखि ट्राफिक प्रहरी खटिएका छन्। 

सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भए तापनि कतिपय सवारीचालकले त्यसो गरेका छैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन ‘रोक्नुस्, हेर्नुस् र जानुस्’ का ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको छ।  

सवारी चालकले भित्री सडकबाट मुख्य सडकमा निस्कँदा ‘रोक्नुस्, हेर्नुस् र जानुस्’ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेका कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। 

उनले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउन त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताए।

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३÷३ घण्टा ट्राफिक प्रहरी खटिनेछन्। 

बुधबार बिहान मात्रै तीन हजार पाँच सयको हाराहारीमा चालकलाई उक्त संकेत बोर्डको महत्त्व तथा फाइदाबारे सम्झाई बुझाई गरिएको महाशाखाले जनाएको छ। 
 

प्रकाशित: Nov 18, 2020| 08:11 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।