मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोस्रो तहका नेता र चिनियाँ राजदूतको सक्रियतापछि नेकपाको संकट टर्ने संकेत 

दोस्रो तहका नेता र चिनियाँ राजदूतको सक्रियतापछि नेकपाको संकट टर्ने संकेत 

सत्तारुढ दल नेकपाभित्र देखा परेको संकट तत्कालका लागि टर्ने देखिएको छ। मंगलबार र बुधबार बिहान देखिका छलफल र परामर्श पछि अन्ततः संकट टर्ने देखिएको हो। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाभित्र देखा परेको संकट तत्कालका लागि टर्ने देखिएको छ। मंगलबार र बुधबार बिहानदेखिका छलफल र परामर्शपछि अन्ततः संकट टर्ने देखिएको हो। 

नेकपा स्रोतका अनुसार बुधबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री  केपी ओली पनि सहभागी हुने भएका छन्। ‘प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने र केही समय बैठक स्थगित गरेर सहमतिका आधारमा अघि बढ्ने देखिएको छ’, एक नेताले भने।

नेकपाका दोस्रो तहका नेताहरुको सक्रियतापछि आजको सचिवालय बैठक दुवै पक्षको सहमतिमा राख्ने वातावरण बनेको हो।

नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसालले मुख्य रुपमा दाहाल–नेपाल पक्षतिर भूमिका खेलेका थिए। ओली पक्षमा महासचिव विष्णु पौडेलसहितका नेताहरुले भूमिका खेलेका थिए।

ओली सचिवालय बैठकमा सहभागी हुने भएपछि दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्  बैठक २ बजेका लागि सारिएको हो। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालयको बैठक पूर्व निर्धारित समयअनुसार नै दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको जानकारी दिए। 

नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको सचिवालयको बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद चर्किएको थियो।

ओली पक्ष बैठक रोक्ने र दाहाल–नेपाल पक्ष बैठक नरोक्ने अडानका बीच संकट गहिरिएको थियो। नेकपाभित्र देखिएको विवाद समाधानमा राष्ट्रपति देखि  नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको छ। उक्त सक्रियताले ओली बैठकमा उपस्थित हुने वातावरण तयार भएको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।  

प्रकाशित: Nov 18, 2020| 06:31 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।