काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक डाकिएकै समयमा बोलाएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारेका छन्।
मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरे पनि ओलीले बुधबार कुनै विशेष एजेन्डाबिना दिउँसो १ बजेका लागि बोलाएका थिए।
नेकपाको सचिवालय बैठक बोलाइएकै समयमा बोलाइएको बैठक पुनः एक घण्टा ढिलो गरी २ बजेका लागि बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सचिवालय बैठककै समयमा यसअघि तय गरिएको बैठक ओलीले फेरि २ बजेका लागि सारेका हुन्।