मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद : सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेकपा विवाद : सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो। प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक राखेका छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं- पार्टीको सचिवालय बैठक रोक्न जोडबल गर्दै आएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक डाकिएकै समयमा मन्त्रिपरिषद्को बैठक राखेका छन्। 

मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ। तर, बुधबार कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्। 

नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो। प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक राखेका छन्।

एक मन्त्रीले आफूलाई १ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी आएको पुष्टि गरे। ‘मलाई मोबाइलमा १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भनेर खबर आएको छ’, उनले भने।

प्रधानमन्त्रीले सचिवालय बैठककै समयमै मन्त्रिपरिषद्को बैठक बोलाएकाले उनी पक्षीय समूह सचिवालय बैठक बस्न तयार नभएको जनाउ दिएको छ। 

प्रकाशित: Nov 18, 2020| 03:05 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।