मंगलबार, भदौ १६, २०८३

देशभर चिसो बढ्यो, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

तुलानात्मक रुपमा यो वर्ष चाडैंदेखि जाडो सुरु भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौँ- पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । 

तुलानात्मक रुपमा यो वर्ष चाडैंदेखि जाडो सुरु भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लालगायतका क्षेत्रमा हिमपात भएको छ भने केहि स्थानमा हल्का वर्षासमेत भएको छ । वर्षा र हिमपातका कारण चिसो थप बढेको महाशाखाका मौसमविद्हरुले बताएका छन् । 

प्रदेश १ र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल सुदुर पश्चिमको पहाडि भू-भागमा आंशिक बदली रहेको छ  भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज देशका पहाडी भूभागको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।

यस्तो हुनेछ तीन दिनको मौसम 

मंसिर ०३ गते (बुधबार):

दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 मंसिर ०४ गते (बिहिबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ०५ गते (शुक्रबार):

दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिमको पहडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रकाशित: Nov 18, 2020| 02:55 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।